बिर्तामोडको देवी मा.विमा रक्तदान कार्यक्रम सम्पन्न


११ आश्विन २०८०, बिहीबार १२:०५ मा प्रकाशित

बिर्तामोड । झापाको बिर्तामोडमा रहेको देवी माध्यमिक विद्यालयमा रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

लाइन्स क्लब अफ बिर्तामोड लेडी र देवि माध्यमिक विद्यालयको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा विद्यालयमा अध्यापनरत शिक्षकसाथै अध्ययनरत ११ र १२ का विद्यार्थीहरु गरी ६५ जनाले रक्तदान गरेका थिए ।

पछिल्लो समय प्राण घातक रोग डेङ्गु दिनानुदिन बडिरहेको अवस्थामा मानिसहरु रगतको अभावले ज्यान गुमाउने अवस्थासम्म पुगिरहेको अवस्थालाई मध्यनजर गरेर केही रगत संकलन गर्ने उद्येश्यले कार्यक्रमको आयोजना गरिएको कार्यक्रमकी अध्यक्ष लाइन्‍स क्लब अफ बिर्तामोड लेडीकि अध्यक्ष निरु उप्रेति ओलीले बताउनुभयो ।

बाटोमा अलपत्र परेको व्यक्तिलाई उद्धार गर्दा, खान नपाएको व्यक्तिलाई खानाको व्यवस्था मिलाई दिदा पुन्य कमाइन्छ भन्ने मानसिकता बोकेको मानिसले रगतदान गर्न पाउँदा त्यो भन्दा पुन्य र धर्मको काम अरु केही नहुने विद्यालयकी प्रधानध्यापक अम्बिका श्रेष्ठले बताउनुभयो ।

बिगतका समयमा पनि यस्ता कार्यक्रम आयोजना गर्दै आएको देवि माविले आउदा दिनमा पनि यी र यस्ता कार्यक्रमहरुको आयोजना गर्दै अगाडी बड्ने विद्यालयका शिक्षक उमेश शाहले बताउनुभयो ।

विद्यालयको सभाहलमा आयोजना भएको कार्यक्रममा विद्यालयमा अध्यापनरत शिक्षक अध्ययनरत विद्यार्थीका साथै बिभिन्न क्षेत्रबाट प्रतिनिधित्व गरेर आएका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here