प्रधानमन्त्री प्रचण्ड आज बेइजिङ जाँदै


७ आश्विन २०८०, आईतवार ०८:११ मा प्रकाशित

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज हान्जाउबाट राजधानी बेइजिङ जाँदै हुनुहुन्छ ।

शनिबार हान्जाउ पुग्नु भएका प्रचण्डले राष्ट्रपति सी चिनफिङ भेटवार्ता गर्नुभएको छ । भेटमा प्रचण्डले नेपाल चीन सम्बन्ध रणनीतिक तहमा पुगेको बताउनुभयो । एसियाली खेलकुदको व्यस्तता हुँदा पनि आफूसँग भेट गरेकोमा सीको प्रशंसा गर्नुभयो ।

करिब आधाघण्टा भएको भेटमा दुई देशको आपसी हितका विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री प्रचण्ड आज दिनभर विभिन्न कार्यक्रममा भाग लिनु हुनेछ ।

सोमबार मात्रै समकक्षी ली छ्याङ तथा उच्चस्तरीय अधिकारीसँग भेटवार्ता गर्नु हुनेछ । प्रधानमन्त्रीसहितको टोली बिहान ९ बजे बेइजिङका लागि प्रस्थान गर्नेछ । ११ बजे बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि चिनियाँ मन्त्रीले स्वागत गर्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here