नेपाल क्रिकेट संघ क्यानको सचिवमा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का निर्वाचित


६ आश्विन २०८०, शनिबार १७:२७ मा प्रकाशित

काठमाडौ । नेपाल क्रिकेट संघ क्यान को सचिवमा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का निर्वाचित भएका छन् । आज काठमाण्डौमा भएको चुनावमा प्रशान्तविक्रम मल्ललाई हराउँदै पारस विजयी भएका हुन् ।

आज भएको चुनावमा कुल ८४ मतदातामध्ये ८४ मत नै खसेको थियो । विजयी हुन ४३ मत आवश्यक थियो । मत गणना नसकिँदै खड्काले ४३ मत ल्याएका हुन् । क्यानको अध्यक्षमा चतुरबहादुर चन्द बिहानै निर्विरोध निर्वाचित भएका छन् ।

चन्दको विरुद्धमा कुनैपनि उम्मेद्धवारी नपरेपछि उनी सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका हुन् । उनी तेस्रो पटक अध्यक्ष पदमा निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रत्यासी विनयराज भण्डारीले उम्मेदवारी फिर्ता लिएपछि चन्द निर्विरोध भएका हुन् ।

यस्तै उपाध्यक्षमा रोशन सिंह, कोषाध्यक्ष पदम खड्का र महिला सदस्य जयन्ती भट्ट पनि निर्विरोध निर्वाचित भएका छन् । क्यान नयाँ कार्यसमिति १७ सदस्यीय बन्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here