पाँचथरमा आत्महत्या गर्ने क्रम वढ्दै


६ आश्विन २०८०, शनिबार १०:५३ मा प्रकाशित

जितेन्द्र भण्डारी, पाँचथर । पछिल्लो समय पूर्वी पहाडि जिल्ला पाँचथरमा झण्डिएर आत्महत्या गर्ने मानिसहरुको संख्यामा वृद्धि भएको छ ।

अघिल्लो आर्थिक वर्ष ०७८/०७९ मा ५५ जनाले आत्महत्या गरेकोमा गत आर्थिक वर्ष ०७९/०८० मा ६२ जनाले आत्महत्या गरेको पाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरको तथ्यांकमा उल्लेख छ ।

आर्थिक वर्ष ०८०/८१ को साउन देखि अहिले सम्ममा १५ जनाले आत्महत्या गरिसकेको प्रहरीले जनाएको छ ।

अघिल्लो आर्थिक वर्ष ०७८/०७९ को २५ वटा मुद्धा फर्छयौट भएको र ३० वटा बाँकी रहेको,यस्तै गत आर्थिक वर्ष ०७९÷८० को सवै मुद्धा फर्छयौट हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

मानसिक तनाव,पारिवारिक कलह,महत्वकांक्षा,असफलता जस्ता विविध कारणले गर्दा आत्महत्या गरेको प्रहरीको भनाई छ ।

वढ्दो आत्महत्या बाट आतिुपर्ने अवस्था नरहेको बताउँदै यसलाई रोक्न तथा न्यूनिकरण गर्न स्थानिय सरकार सित समन्वय सहकार्य गर्दे अघि वढ्नुपर्ने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक हेमन्त क्षेत्री भण्डारीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here