बिर्तामोड । असोज ७ गतेदेखि सुटिङ हुन लागेको सहारा सूर्योदय स्पिच कन्टेस्ट सिजन ५ का लागि प्रतियोगी विद्यार्थीलक्षित अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रमको मुख्य प्रायोजक सहारा नेपाल साकोसको केन्द्रीय कार्यालयको सभाहलमा सम्पन्न कार्यक्रममा प्रतियोगिताका नियम र प्राविधिक ज्ञानका बारेमा विद्यार्थीलाई अवगत गराइएको थियो ।
अभिमुखीकरण कार्यक्रममा सूर्योदय टेलिभिजनका प्रधान सम्पादक उमाकान्त खनाल, मुख्य कार्यक्रम अधिकृत केशवराज भण्डारी तथा प्रवन्ध निर्देशक विष्णु मैनाली उप्रेतीले विद्यार्थीको जिज्ञासाको जवाफ दिएका थिए ।
कार्यक्रममा एक सय जना भन्दा बढी विद्यार्थी, विद्यालयका शिक्षक तथा सहारा नेपाल साकोसका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गिरी, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सहारा नेपाल साकोसका अध्यक्ष हरि राजवंशीले विगतका कार्यक्रमहरूमा आफू पनि सहभागी भएको र विद्यार्थीलक्षित कार्यक्रमलाई सहयोग गर्ने कामलाई निरन्तरता दिइएको बताउनुभयो ।
अभिमुखीकरण कार्यक्रममा प्रतियोगिताका निर्णायक शिरो सान्दाइ खतिवडाले प्रतियोगी विद्यार्थीलाई प्रतियोगितामा भाग लिन हौसला प्रदान गर्नुभयो ।
कार्यक्रम सूर्योदय टेलिभिजन एण्ड मिडिया प्रालिका प्रवन्ध निर्देशक विष्णु मैनाली उप्रेतीको अध्यक्षता तथा सहारा नेपाल साकोसका अध्यक्ष हरि राजवंशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।






