राजकीय सम्मानका साथ नेम्बाङको अन्तिम सँस्कार पशुपति आर्यघाटमा


२८ भाद्र २०८०, बिहीबार १२:४७ मा प्रकाशित

काठमाडौं । दिवगंत संविधासभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्तिम संस्कार भइरहेको छ ।

पशुपति आर्यघाटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झन्डा ओडाएर नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

नेकपा (एमाले)का उपाध्यक्षसमेत रहनु भएका नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्नका लागि पार्टी अध्यक्ष केपी शर्मा ओली, प्रतिनिधिसभा सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताहरू र नेपाल सरकार उच्चपदस्थ पदाधिकारीलगायत पशुपति आर्यघाटमा पुगेका छन् ।

पार्टीका नेता तथा शुभचिन्तकहरूले पशुपति आर्यघाटमा अन्तिम श्रद्धाञ्जली दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here