कोशी प्रदेश : प्राकृतिक प्रकोपबाट गत आर्थिक वर्ष साढे ६ अर्ब बढीको क्षति, ५७ को मृत्यु


२२ श्रावण २०८०, सोमबार ०७:५९ मा प्रकाशित

विराटनगर । कोशी प्रदेशमा गत आर्थिक वर्षमा मात्रै प्राकृतिक प्रकोप बाढी पहिरो, चट्याङ, आगलागी, जंगली जनावरको आक्रमणबाट ५७ जना मानिसको मृत्यु भएको छ । त्यस्तै, ३ हजार ७११ घर परिवार प्रभावित भएका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालयले दिएको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा अनुमानित ६ अर्ब ६६ करोड ६० लाख ६१ हजार ४७४ रुपैयाँ बराबरको भौतिक संरचनामा क्षति पुगेको छ । 

अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा क्षति २ अर्ब ६२ करोड १८ लाख ६२ हजार २६६ रुपैयाँ बराबरको भएको अनुमान गरिएको थियो । सो वर्ष ३४ जना मानिसको मृत्यु भएको थियो भने ३४ हजार ४७२ घर परिवार प्रभावित बनेका थिए ।

तथ्याङ्क अनुसार बाढी र पहिरोको कारण सबैभन्दा धेरै ५ अर्ब ३४ करोड ७१ लाख २५ हजार ४ सय रुपैयाँ क्षति भएको अनुमान गरिएको छ ।

बाढी पहिरोमा पनि गत आर्थिक वर्षमा २३ जना मानिसको मृत्यु भएको प्रहरीले जनाएको छ । बाढी पहिरोका कारण ३ हजार ३८ घर परिवार प्रभावित भनेका छन् भने ३६० स्थानमा बाढी र पहिरो गएको छ ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here