बिर्तामोडका अपाङ्गता व्यक्तिहरुलाई सहयोग सामाग्री बितरण


२३ असार २०७६, सोमबार १७:३२ मा प्रकाशित

बिर्तामोड । झापाको बिर्तामोड क्षेत्रमा बसोबास गर्ने अपाङ्गता भएका ब्यक्तिहरुलाई सहयोग सामाग्री बितरण गरीएको छ ।

बिर्तामोड अपाङ्गता स्वाबलम्बन संस्थाको आयोजना तथा नगरपालिकाको महिला बालबालिका शाखाको सहयोगमा सोमबार आयोजीत एक कार्यक्रमका बिच उक्त सहयोग सामाग्री हस्तान्तरण गरीएको हो । समुदायमा आधारीत पुर्नस्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुलाई एकथान ह्वील चियर, एक थान हेयरिङ् एड, एक जोडी बैशाखी र ४ जनालाई १० हजारका दरले बिउ पुँजी बितरण गरिएको संस्थाका सचिव हरीप्रसाद अधिकारीले जानकारी दिए ।

संस्थाका अध्यक्ष दिपक थापाको अध्यक्षतामा आयोजीत कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कुल प्रसाद संग्रौलाको प्रमुख आतिथ्य रहेकोे थियो । संस्थाका सल्लाहकारद्धय रुपक खनाल र प्रकास भट्टराइले शुभकामना मन्तब्य राखेको कार्यक्रममा बोल्दै प्रमुख अतिथि संग्रौलाले संस्थाले गरेको कार्यको प्रशंसा गरे ।

अपाङ्गता भएका व्यक्ति र अभिभावकको समेत उपस्थिती रहेको कार्यक्रमको संचालन सचिव हरिप्रसाद अधिकारीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here