माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने


१९ श्रावण २०८०, शुक्रबार ०७:३९ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक शुक्रबार पनि बस्दैछ । कमलादीस्थित प्रज्ञा भवनमा बुधबारदेखि सुरू भएको बैठक आज तेस्रो दिन पनि जारी रहनेछ ।

बुधबार र बिहीबार झन्डै चार दर्जन नेताले आ-आफ्नो धारणा राखिसकेका छन् । बाँकीले आफ्नो भनाइ राख्ने क्रम जारी रहेकाे छ । अधिकांश नेताले पार्टी नेतृत्वको कार्यशैलीप्रति आलोचना, पार्टी सुदृढीकरण, चुस्तता, रुपान्तरणमा जोड दिएका छन् ।

बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ जना सहभागी रहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।

मङ्सिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here