निर्माणाधीन संसद भवनको प्रगतिमा सभामुख घिमिरेको असन्तुष्टि


१७ श्रावण २०८०, बुधबार १५:४६ मा प्रकाशित

काठमाडौं । सभामुख देवराज घिमिरेले निर्माणाधीन संसद भवनको प्रगतिमा असन्तुष्टि जनाउनुभएको छ ।

बुधबार सिंहदरबारमा निर्माणाधीन संसद भवनको प्रगतिबारे विशेष भवन निर्माण आयोजनाबाट जानकारी लिने क्रममा सभामुख घिमिरेले लक्ष्य अनुसार निर्माण कार्यले तीव्रता पाउन नसकेको भन्दै असन्तुष्टि जनाउनुभएको हो । उहाँले संसद भवनको आर्थिक भार बढ्दै गएको अवस्थामा भौतिक निर्माण अवस्था कमजोर देखिएको जिकिर गर्नुभयो ।

असोजसम्म निर्माणसम्पन्न गर्ने भएपनि हिउँदे अधिवेशनसम्म पनि सम्पन्न नहुने देखिएको उहाँले बताउनुभयो । सभामुख घिमिरेले अहिलेको संसद भवनमा देखिएको समस्या नयाँ भवनमा सरेपछि समाधान हुने भनेपनि समयमा नै सम्पन्न हुन नसक्दा असहज भएको धारणा राख्नुभयो ।

छलफलका क्रममा विशेष भवन निर्माण आयोजनाका निर्देशक मचाकाजी महर्जनले अहिले संसद भवनको भौतिक प्रगति ६६ प्रतिशत र वित्तीय प्रगति ६२ दशमलव १० प्रतिशत रहेको जानकारी दिनुभयो । उहाँले ३ अर्व ७७ करोडको भुक्तानी भइसकेको बताउनुभयो ।

सिंहदरबारभित्र कूल १ सय ७३ रोपनी ८ आना जग्गामा संसद भवन सहितका विभिन्न १२ वटा संरचना सहितको नयाँ संसद भवन निर्माण भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here