संघीय शिक्षा ऐन सदनमा पेश गर्ने सरकारको निणर्य


१७ श्रावण २०८०, बुधबार १०:१४ मा प्रकाशित

काठमाडौं । सरकारले संघीय शिक्षा ऐन सदनमा पेश गर्ने निणर्य गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त ऐनलाई संसदमा पेश गर्न स्वीकृत दिएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।

बैठकमा लम्पीस्किन रोगबाट पशु चौपाया गुमाउने किसानलाई राहत दिने विषमया पनि छलफल भएको र अर्को बैठकले निणर्य गर्ने उहाँले बताउनुभयो ।

बैठकले विश्व वातावरण सुविधावापत प्राप्त हुने २० करोड २२ लाख अनुदान स्वीकृत गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

त्यस्तै बैठकले विज्ञापन नियमन गर्ने नियमावली २०८० स्वीकृत गरेको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here