प्रधानन्यायाधीश भागबन्डाको कुरा होइनः उपसभामुख राना


१७ श्रावण २०८०, बुधबार ०९:२१ मा प्रकाशित

काठमाडौं । उपसभामुख इन्दिरा राना मगरले प्रधानन्यायाधीश सिफारिसमा भागबन्डाको कुरा नभएको बताउनु भएको छ ।

एक सञ्चारमाध्यमसंग प्रत्यक्ष कुराकानी गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।

उपसभामुख मगरले प्रधानन्यायाधीशमा कसलाई सिफारिस गर्ने भन्ने निर्क्योल नभएको पनि औंल्याउनुभयो ।

उहाँले भन्नुभयो, ‘कसलाई गर्ने भन्ने कुरा उठ्या छैन । वरिष्ठताका आधारमा गर्ने भन्ने कुरा पनि उठेको छ । प्रधानन्यायाधीशले मैले अर्कोलाई उत्तरदायित्व दिएर जान पाउँदा राम्रो हुन्थ्यो भन्नुभयो । कुरा त्यत्ति हो ।’

सुनकाण्डलाई लिएर प्रमुख प्रतिपक्ष नेकपा एमालेले सदन अवरोध गर्न नहुने पनि उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here