दमकका प्रमुख प्रशासकीय अधिकृत निरौलालाई २४ घण्टाभित्र मन्त्रालय हाजिर हुन निर्देशन


१५ श्रावण २०८०, सोमबार १९:०२ मा प्रकाशित

झापा । झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय डम्मरुप्रसाद निरौलालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको छ ।

क्वार्टरमै एक महिलासँग मदिराको नसामा मस्त रहेर अनैतिक गतिविधि गरेको भिडियो सार्वजनिक भएपछि मन्त्रायले सोमबार यस्तो निर्देशन दिएको हो ।

मन्त्री अमनलाल मोदीको निर्णयमा निरौलालाई आवश्यक कार्वाहीको लागि मन्त्रालय तानिएको हो ।

निजामति कर्मचारीको आचरण र मर्यादाविपरितको गतिबिधिमा संलग्न रहेको देखिएकोले निरौलालाई मन्त्रालयमा हाजिर हुन भनिएको मन्त्रालयले जनाएको छ ।

भिडियोबारेको थप छानविनपछि उनीमाथिको कार्वाही यकिन हुने मन्त्रालयले जनाएको छ । चलानी नं. २४ रहेको पत्रमा ‘तपाईसँग केही कुरा बुझ्नुपर्ने भएकोले २४ घण्टाभित्र यस मन्त्रालयमा उपस्थित हुन’ भनिएको छ ।

नगरपालिकाको क्वाटरमै निरौला र एक महिला महिला मदिराको नशामा लठ्ठ रहेर टिकटकमा लाइभ कुराकानी गरेको भिडियो सार्वजनिक भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here