रास्वपाको भ्रष्टाचार विरोधी अभियानका कारण सरकारलाई भ्रष्टाचारका पुराना फाइल खोल्न प्रेरणा मिल्योः रवि लामिछाने


१५ श्रावण २०८०, सोमबार १४:५३ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपाको भ्रष्टाचार विरोधी अभियानका कारण सरकारलाई भ्रष्टाचारका पुराना फाइल खोल्न प्रेरणा मिलेको बताउनुभएको छ ।

सोमबार काठमाडौंमा रास्वपा सुदुरपश्चिम-काठमाडौं सम्पर्क भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले भ्रष्टाचारको विरुद्ध आवाज उठाएर रास्वपा अगाडी आएकै कारण सरकारलाई पुराना फाइल खोल्न प्रेरणा मिलेको बताउनुभएको हो ।

उहाँले रास्वपाको उपस्थितिले पनि सदनदेखि सरकारसंग र बिभिन्न राजनीतिक दलहरुमा चलायमान अवस्था देखिएको भन्दै यो राम्रो संकेत भएको दावी गर्नुभयो ।

निर्वाचनमा जानु अगाडी रास्वपाले उठाएर मुद्दामा सरकारले साथ दिए आगामी निर्वाचनसम्म पार्टीका लागि पनि राम्रै हुने उहाँले बताउनुभयो । लामिछानले आगामी चुनावसंग धेरै काम गर्न बाँकी रहेकाले अहिलेदेखि नै ८४ को मिसनमा ध्यान केन्द्रित गर्न आग्रह गर्नुभयो ।

उहाँले पार्टी राजधानी केन्द्रित नभइ गाँउबस्तीमा पुगेर संगठन विस्तार गर्ने जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here