आसाम डाउन टाउन युनिभर्सिटीले नेपाली विद्यार्थीलाई यस बर्ष १६ करोड रुपैयाँ बराबरको छात्रवृत्ति दिने


३० असार २०८०, शनिबार १५:४३ मा प्रकाशित

झापा । आसाम डाउन टाउन युनिभर्सिटीले नेपाली विद्यार्थीलाई गत वर्षको तुलनामा दोब्बर छात्रवृत्ति दिने भएको छ ।

गएको वर्ष ८ करोडको छात्रवृत्ति दिएको युनिभसिैटीले यो वर्षका लागि १६ करोड छात्रवृत्ति उपलब्ध गराउने घोषणा गरेको हो ।

लक्ष्मी एजुकेशनल कन्सलटेन्सीका सञ्चालक एवम् युनिभर्सिटीका नेपाल प्रतिनिधि शंकर भट्टराईले छात्रवृत्तिबारे जानकारी दिनुभयो । गत वर्ष विभिन्न विषयमा अध्ययनका लागि ७० जना विद्यार्थी डाउन टाउन गएको भट्टराईले बताउनुभयो ।

उहाँका अनुसार १६ करोडको छात्रवृत्तिका लागि २ सय विद्यार्थीले अवसर पाउने छन् । प्राविधिक विषयमा गुणस्तरीय र सुरक्षित मानिएको आसाम डाउन टाउनले नेपाली विद्यार्थीहरुलाई विशेष प्राथमिकता दिएको छ ।

हरेक वर्ष छात्रवृत्ति दिदैं आएको युनिभर्सिटीले ७ वटा देशका विद्यार्थीलाई पढाउने काम गरिरहेको भट्टराईले जानकारी बताउनुभयो । भट्टराईका अनुसार छात्रवृत्ति पाउने विद्यार्थीले अध्ययन अवधिभर शुल्क तिर्नु पर्दैन । आवास र खानपानका लागि विद्यार्थीले रकम बुझाए हुनेछ ।

युनिभर्सिटीको मापदण्डमा पर्ने हरेक विधार्थीले छात्रवृत्ति पाउने बताइएको छ । होटल म्यानेजमेन्ट, व्यवस्थापन, पारामेडिकल लगायत प्राविधिक अध्यापन भइरहेको डाउन टाउनमा नोपली विद्यार्थीको आकर्षण पनि बढ्दो छ ।

भारतको आसामस्थित गुवाहाटीमा रहेको युनिभर्सिटीले नेपालका नेतृत्वदायी शैक्षिक संस्थानसँग समन्वय गरेर काम गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here