वडाध्यक्ष रोहित प्रसाईको आन्दोलनले पायो सफलता, वडासचिवलाई सरुवा गर्ने कार्यपालिकाको निर्णय


२८ असार २०८०, बिहीबार २०:२४ मा प्रकाशित

बिर्तामोड । बिर्तामोड नगरपालिकाको कार्यपालिका बैठकले बिर्तामोड नगरपालिका वडा नं ५ का वडासचिव विमल पोखरेललाई सरुवा गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको कार्यपालिका बैठकले पोखरेललाई सरुवा गर्ने निर्णय गरेको हो । कार्यालय समयमा नआउने वडासचिवको सरुवा गर्ने बिर्तामोड नगर कार्यपालिकाको निर्णयसँगै विर्तामोड नगरपालिका वडा नं ५ मा वडासचिवको कारणबाट सिर्जना भएको बेथिती अन्त्य हुने भएको छ ।

कार्यपालिका बैठकले वडासचिव पोखरेलमाथि छानविन गरि कारबाहीको प्रक्रिया अगाडि बढाउने साथै उनी अनुपस्थित रहेको कार्यालय समयको सेवा सुविधा कट्टा गर्ने कार्यपालिका बैठकले निर्णय गरेको बताइएको छ ।

वडासचिव पोखरेल कार्यालयमा १ घण्टादेखि बढीमा ४ घण्टा मात्र कार्यालय बस्ने गरेको तथ्य इ–हाजिरी रेकर्डमा देखिएको छ ।

वडा सचिव पोखरेलले समयको पालना नगरेको भन्दै वडाध्यक्ष प्रसाई नगरपालिका कार्यालयमा धर्ना बसेका थिए ।

तीन दिन वडाको काम पनि नगर परिसरबाटै गरेका प्रसाईंले शुक्रबारदेखि वडाबाटै सेवा प्रदान गर्ने जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here