खटाएको जिल्लामा जान नमान्ने कर्मचारीविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुन आफू बाध्य भएँः स्वास्थ्यमन्त्री बस्नेत


२८ असार २०८०, बिहीबार १३:१४ मा प्रकाशित

काठमाडौं । स्वास्थ्य मोहनबहादुर बस्नेतले सरकारले खटाएको जिल्लामा जान नमान्ने कर्मचारीविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुन आफू बाध्य भएको बताउनुभएको छ ।

बिहीबार राष्ट्रियसभा बैठकमा मन्त्री बस्नेतले सरुवा गरिएको स्थानमा नजाने अडान लिएपछि मन्त्रालयमा आफु आक्रामक रुपमा प्रस्तुत हुन बाध्य भएको बताउनुभएको हो ।

उहाँले सरुवा गरिएको स्थानमा नजाने बरु मन्त्रालयमा झुण्डिएर मर्छु भनेपछि झुण्डिन आफुकहाँ पठाइदिन भनेको जिकिर गर्नुभयो । आफू कडा रुपमा प्रस्तुत भएपछि ती कर्मचारीले सरुवाको पत्र बुझेको र अहिले सरुवाका बिषयमा कुनै समस्या नदेखिएको उहाँले बताउनुभयो ।

मन्त्री बस्नेतले स्वास्थ्यकर्मीलाई दुर्गम स्थानमा पठाउने काममा कुनै अवरोध नगर्न मन्त्रीपरिषद्मा पनि भनेको भन्दै नजिताका लागि केहि महिना कुर्न आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here