झापा गौरादहका एक युवकले गरे आत्मदाह


२६ असार २०८०, मंगलवार ०९:३९ मा प्रकाशित

झापा । झापा गौरादह नगरपालिका वडा नं १ मा एक युवकले आज बिहान आत्मदाह गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरादह १ का ३५ बर्षीय रोहन साहले घरको आफू सुतेकै कोठामा शरीरमा आगो लगाएर आत्मदाह गरेका हुन् । 

उनी विगत दुई तीन बर्षदेखि डिप्रेसनका विरामी रहेको प्रहरीको भनाइ छ । 

सुत्ने कोठामा डढेको अवस्थामा प्लाष्टिकको जर्किन भेटिएको र उक्त जर्किनमा कुन तरल पदार्थ थियो भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।

उनकी श्रीमती कामको सिलसिलामा बिराटनगरमा भएका बेला साहले आत्मदाह गरेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here