स्रोत सुनिश्चित नहुँदै आयोजना सुरु गर्दा अरवौंको दायित्व थपियोः अर्थमन्त्री महत


२५ असार २०८०, सोमबार १४:४३ मा प्रकाशित

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले स्रोत सुनिश्चित नहुँदै आयोजना सुरु गर्दा अरवौंको दायित्व थपिएको बताउनुभएको छ ।

नेपाल पब्लिक क्याम्पस संघको ३३ औं वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री महतले प्राप्त नहुने स्रोत देखाएर आयोजना सुरु गर्दा अरवौंको दायित्व थपिएको बताउनुभएको हो ।

स्रोत सुनिश्चित भएका बहुवर्षिय आयोजनाहरुको व्यापक दुरुपयोग हुने गरेको भन्दै उहाँले आफू मन्त्रालय आएपछि यसलाई अनुशासनमा ल्याउन खोजेको बताउनुभयो । उहाँले यसअघिका दिनमा सुरु गरिएका आयोजनाहरुलाई अघि बढाउनुपर्ने भएकाले अहिले खर्च व्यवस्थापनको ठूलो चाँप देखिएको धारणा राख्नुभयो । अर्थमन्त्री महतले राजस्व लक्ष्यभन्दा कम उठेकाका कारण त्यसको असर आगामी बर्षको बजेटमा देखिएको जिकिर गर्नुभयो ।

उहाँले पब्लिक क्याम्पस ठूलो संख्यामा देशैभर फैलिएको र पछाडि परेको क्षेत्र र स्थानीय तहमा साधन श्रोत जुटाउन कठिन भएका पब्लिक क्याम्पसलाई सरकारले अनुदान दिने बताउनुभयो ।

उहाँले पब्लिक क्याम्पसको उपस्थितिले त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुको आर्थिक दायित्व विस्तार हुने क्रम एक हदले रोकेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here