इलाममा श्रीमतीको हत्या गरेर श्रीमानले गरे आत्महत्या


२२ असार २०८०, शुक्रबार ११:३६ मा प्रकाशित

इलाम ।  श्रीमतीको हत्या गरि एक पुरुषले आत्महत्या गरेका छन् ।

माईजोगमाई २ टारसिंहका ५५ वर्षिय पिताम्बर खतिवडाले ५२ वर्षिय राधिका खतिवडाको हत्या गरि आत्माहत्या गरेको इलामका प्रहरी प्रमुख दिलिपकुमार घिमिरेले जानकारी दिए ।

राधिका पिताम्बरी जेठी श्रीमती हुन् ।

गएराति करिव साढे १० बजेतिर अचानक चिच्याएको आवाज सुनेपछि छिमेकीहरु घरमा गएपछि घटना बाहिरिएको थियो ।

घरमा जाँदा भित्र चुक्कुल लगाएकै अवस्थामा राधिका घरको कोठामा लडिरहेको अवस्थामा फेला पारेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए ।

स्थानियले प्रहरीलाई खबर गरेपछि प्रहरी चौकी गोर्खेबाट प्रहरी सहायक निरिक्षक मदन बस्नेतको कमाण्डमा ३ जनाको टोली घटनास्थलमा पुगेको थियो ।

साथै प्रहरी चौकी जौबारीबाट समेत प्रहरी सहायक निरिक्षक धनप्रसाद रिमालको कमाण्डमा दुई जना प्रहरी घटना स्थलमा पुगेको थियो ।

गालामा गहिरो चोट लागेकी श्रीमती राधिकाको घटनास्थलमा नै मृत्यू भएको इलामका प्रहरी प्रमुख घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार श्रीमती राधिकाको वाँया गालाको भागमा दुईवटा गहिरो चोट लागेको जनाइएको छ ।

घरमा ताला लगाएर फरार भएका पिताम्बर समेत घरभन्दा करिव एक मिटर उत्तरमा निबारोको रुखमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका छन् ।

आमाको हत्या बुबाले नै गराएको हुनसक्ने संका १४ वर्षिय छोरी रचना खतिवडाको बयान आएको प्रहरी प्रमुख घिमिरेको भनाई छ ।

घटनास्थल सुरक्षित राखिएको छ । थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पशुपतीनगरबाट थप प्रहरी परिचालन गरिएको बताइएको छ ।

इलाममा पछिल्लो दिन हत्याका घटना बढेका छन् ।

दुई दिन अघि मात्र माई नगरपालिकामा जेठाजुले बुहारीको हत्या गरेका थिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here