सदनमा प्रधानमन्त्रीको जवाफ नभइ राजीनामा चाहिएको छः ओली


२० असार २०८०, बुधबार १९:०२ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सदनमा प्रधानमन्त्रीको जवाफ नभइ राजीनामा चाहिएको बताउनुभएको छ ।

बुधबार संसद बैठक अवरुद्ध भएपछि संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले प्रधानमन्त्री प्रचण्डले स्वाभिमान र स्वाधिनता बिपरितको अभिव्यक्ति दिएको भन्दै अब जवाफ नभइ राजीनामा चाहिएको बताउनुभएको हो ।

ओलीले राष्ट्रिय स्वाभिमान र स्वाधिनता गिराउने खालको अशोभनीय र आपत्तीजनक रहेको जिकिर गर्नुभयो ।

प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै बिपक्षी दलले बुधबार संघीय संसदको दुवै सदन अवरुद्ध गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here