काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ। बुधबार बिहान सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा उपसभापित र महामन्त्रीसहितको बैठकले असार २७ गतेका लागि बैठक बोलाउने निर्णय गरेको हो।
कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले असार २७ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको जानकारी दिनुभयो।
बैठकमा निर्वाचनको समीक्षा, पार्टीका विभिन्न गतिविधिसहित समसामयिक विषयमा छलफल हुने उहाँले बताउनुभयो ।
गत वर्ष भदौमा बसेपछि त्यसपछिको १० महिनाको अवधिमा कुनै बैठक बस्न सकेको थिएन।
विधानबमोजिम प्रत्येक दुई महिनामा केन्द्रीय समिति बैठक राख्नुपर्ने प्रावधान रहेको छ।