बिर्तामोड । पहिचानवादीहरुले बिर्तामोड नगरपालिकाको साईन बोर्डमा लेखिएको कोशी प्रदेश मेटाएका छन् । कोशी लेखिएको ठाउँमा कालो रंगले पोतेर १ नं. प्रदेश लेखेका छन् ।
कालो झण्डासहित आज बिहान १० बजे आएको एउटा समुहले बोर्डमा रहेको कोशी प्रदेश मेटाएरका हुन् । कोशी मेटाएर १ नं. प्रदेश लेख्दै विदा भए । सो समूहले बिर्तामोडका वडा कार्यालयहरुमा पनि प्रदेशको नाम मेटाएर १ नं. प्रदेश लेखेको जनाईएको छ ।