ललिता निवास प्रकरणमा आफ्नो स्वार्थ नजोडिएको पूर्व प्रधानमन्त्री भट्टराईको प्रष्टोक्ति


१७ असार २०८०, आईतवार १३:५४ मा प्रकाशित

काठमाडौं । पूर्वप्रधानमन्त्री एंव नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा आफ्नो स्वार्थ नजोडिएको बताउनुभएको छ ।

भट्टराईले ललिता निवास प्रकरण लगायत सबै भ्रष्टाचारका काण्डहरुको निष्पक्ष छानविन गरी दोषीलाई कारबाही हुनुपर्नेमा पनि जोड दिनुभएको छ । ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्री भट्टराईको पनि नाम जोडिएपछि सामाजिक सन्जाल ट्वीटरमार्फत् उहाँले स्पष्टीकरण दिनुभएको हो ।

सबै कुरा अहिले आफूलाई सम्झना नभएको बताउँदै सामाजिक सञ्जालमा भट्टराईले लेख्नुभएको छ,‘राज्यको समरजंग कम्पनीको नाममा दर्ता भएको करिब तीन रोपनी जग्गा गुठीको भन्ने भएकाले वास्तविक तथ्यप्रमाण अभिलेख जाँचबुझ गरी नियम अनुसार गर्ने वा यस्तै आशयको नीतिगत निर्णय भएजस्तो लाग्छ ।

यो कुरा मैले अख्तियारको टोलीले केही वर्ष पहिले लिएको बयानमा पनि भनेको छु । तत्कालीन प्रमको हैसियतले मसँग जोडिएको कुरा यत्ति हो ।’ भ्रष्टाचार गर्नेहरुलाई कारबाही गर्नुपर्छ भनेर आफूले संसद र बाहिर पनि आवाज उठाइरहेको स्पष्ट पार्दै पूर्वप्रधानमन्त्री भट्टराईले यसमा आफू आजीवन प्रतिबद्ध रहेको बताउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here