आज विश्वासको मत लिँदै मुख्यमन्त्री कार्की


१५ असार २०८०, शुक्रबार ०७:४८ मा प्रकाशित

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदै हुनुहुन्छ ।

त्यसका लागि प्रदेशसभाको बैठक बिहान ११ बजे बोलाइएको छ। आजको बैठकमा मुख्यमन्त्रीले जवाफ दिनेछन् र प्रदेश सभामा मतदान हुनेछ।

बिहिबार मुख्यमन्त्री कार्कीले प्रदेशसभामा विश्वासको मतका लागि पेस गरेको प्रस्तावमाथिको छलफलपछि आधा घण्टाका लागि बैठक स्थगित भएको थियो।

आधा घण्टामा बैठक बस्न नसकेपछि साँझ ८ बजेसम्मका लागि बैठक स्थगित भएको सूचना टाँस गरिएको थियो । तोकिएको समयमा पनि बैठक बस्न नसकेपछि सूचना निकालेर शुक्रबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here