राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया, पेसमेकर राखियो


६ असार २०८०, बुधबार ०७:४४ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ । महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति पौडेलको मुटुमा शल्यक्रिया गरेर पेसमेकर राखिएको हो ।

राष्ट्रपति पौडेल शीतलनिवासमै गत शनिबार राति २ बजे बेहोस भएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पु-याइएको थियो ।

मंगलबार मध्यान्ह १२ बजेदेखि २ बजेसम्म पौडेलको मुटुको शल्यक्रिया भएको हो। उहाँको मुटुको चाल कम भएकाले अस्पतालले केही दिनसम्म निगरानीमा राखेर मनिटरिङ गरिरहेको थियो । तर सुधार नभएपछि शल्यक्रिया गरेर पेसमेकर राखिएको मनमोहन स्रोतले जानकारी दिएको छ ।

सामान्यतया मुटुको धड्कन एक मिनेटमा बालबालिकाको १ सय ४० र वयस्कको ९० देखि ६० पटक धड्किनु पर्छ । तर, मुटुमा समस्या आउँदा ६० देखि २० पटक मात्र धड्कियो भने त्यसलाई चालमा कमी आएको बुझिन्छ । यसरी नै पौडेलको मुटु कम धड्किएपछि उहाँको शल्यक्रिया गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here