संसद् भवन भित्रै भएको बेथितिबाट आफूलाई लज्जाबोध भएको छ- सांसद हरि ढकाल


५ असार २०८०, मंगलवार १३:२५ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले संघीय संसद् भवन भित्रै भएको बेथितिबाट आफूलाई लज्जाबोध भएको टिप्पणी गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै उनले संसद् सचिवालयका कर्मचारीलाई खाजा भत्ता समेत हुने तर १२ घण्टा काममा खटिने मर्यादापालकको पनि एक पैसा पनि भत्ता नहुने विभेदले आफूलाई लज्जाबोध गराएको बताएका हुन् ।

बिल्डिङ सहरी विकास मन्त्रालय अन्तरगत पर्दछ । यो बिल्डिङको बेथितिको कुरा उठाउँदैछु ।

सहरी विकास मन्त्रालयका छानो टाल्नलाई बजेट आउँदो रहेछ । यो वर्ष पनि चुहिन्छ । यही कम्पाउन्डभित्र पानीको समस्या समाधान गर्न डिप बोरिङ खोलिएको रहेछ । पानी आउँदैन, भुक्तानी भएछ ।

यही भित्र संसद् सचिवालयका कर्मचारीहरूको खाजा भत्ता छ । मर्यादापालक दाजुभाइ, दिदीबहिनीहरूको १२ घण्टासम्म यहाँ ड्युटी गर्नु हुन्छ ।

उहाँहरूलाई एक रुपैयाँ पनि भत्ता छैन । यो विभेद, यही भित्र भएको विभेद, बेथिति, आँखा अगाडिको यो बेथिति हेरिरहँदा चाहिँ लज्जाबोध हुन्छ । म सरकार र सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here