ओखलढुंगा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले निर्माण भएर सञ्चालनमा नआएका विमानस्थललाई सञ्चालन गर्ने तयारी भइरहेको बताउनुभएको छ ।
मंगलबार काठमाडौंमा ओखलढुंगाको खिजीदेम्वा गाँउपालिकाले आयोजना गरेको पर्यटन वेवसाइट शुभारम्भ तथा अन्तक्र्रिया कार्यक्रममा मन्त्री किराँतीले अरवौं खर्च गरेरे बिमानस्थल निर्माण गरेपनि बिभिन्न कारणले नियमित सञ्चालनमा आउन नसकेको भन्दै आवश्यक तयारी गरेर सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउनुभएको हो ।
उहाँले बायुसेवा निगमले तीन वटा ट्वीनवोटर जहाज खरिद गर्ने तयारी गरिरहेको र जनतालाई सेवा दिने गरि सवै स्थानमा सञ्चालन गर्ने उल्लेख गर्नुभयो । आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि निगमलाई सुधार गरेको र चार अर्व ऋण तिरेको भन्दै उहाँले लाउडादेखिको ऋण तिर्न बाँकी भएपनि नयाँ जहाज खरिद गरिने जिकिर गर्नुभयो ।
उहाँले निगमसंग धेरै जहाज नभएका कारण नेपालीहरु महङ्गो तिरेर अन्य बिमान चढ्न बाध्य भएकाले अव भैरहवा क्वालाम्पुर-भैरहवा ११ हजारमा नै उडाउने बताउनुभयो । मन्त्री किराँतीले देशमा सुधारको काम गर्न खोज्दा आफूलाई चारैतिरबाट घेराबन्दीमा पार्ने र बदनाम गर्ने काम भएको गुनासो गर्नुभयो । यसअघि मन्त्रीबाट हुने नीतिगत भ्रष्टाचारका कारण निगम धरासयी भएको भन्दै आफु निडर भएर सुधारको बाटोमा अघि बढ्ने उहाँले बताउनुभयो ।
उहाँले पर्यटन देशको आर्थिक बिकासको मेरुदण्ड भने पनि यस क्षेत्रको उचित विकास र प्रवद्र्धन हुन नसकेकाले नेपालीको मौलिक पहिचान सहितको पर्यटन बिकासका जोड दिनुभयो । कार्यक्रममा पोकली झरना १३० मिटर हुँदै चिलिमडाडा, लाम्जेबौद्ध, खिजीचण्डेश्वरी, थोलेदेम्वा ३३५० मिटरसम्मको पदमार्ग र उक्त स्थान हुँदै पिके दुधकुण्ड हिमालबाट सगरमाथाको आधार शिविरसम्मको नयाँ पथमार्गको घोषणा गरिएको थियो ।






