आध्यात्मिक सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री दाहाल खप्तड जाँदै


२३ जेष्ठ २०८०, मंगलवार ०९:२० मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल खप्तड जाँदैछन् ।

खप्तडमा आज(मंगलवार)देखि सुरु हुने तीन दिने खप्तड आध्यात्मिक सम्मेलनको उद्घाटनका लागि उनी खप्तड जान लागेका हुन् ।

सम्मेलनको उद्घाटनका क्रममा योग गुरु रामदेव, पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्ण, चतरामा बस्दै आएका महायोगी जगत् गुरु शिद्धबाबा कृष्णदास महाराजलगायतको उपस्थिति रहनेछ ।

सम्मेलनको पहिलो दिन बाबा रामदेव र त्यसपछिका दुई दिन आचार्य बालकृष्णले योग गराउने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here