प्रधानमन्त्री प्रचण्डद्वारा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसंग भेटवार्ता


१८ जेष्ठ २०८०, बिहीबार १९:३० मा प्रकाशित

काठमाडौं । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

बिहीबार राष्ट्रपति भवनमा भएको भेटवार्ताका क्रममा दुईपक्षीय सम्बन्ध लगायतका बिषयमा कुराकानी भएको थियो ।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले बिहीबार नै भारतका उपराष्ट्रपति जगदीप धनखडसँग पनि शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here