प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच आज औपचारिक वार्ता हुँदै


१८ जेष्ठ २०८०, बिहीबार ०७:२५ मा प्रकाशित

काठमाडौं । चारदिने औपचारिक भ्रमणका क्रममा बुधबार नयाँदिल्ली आइपुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बिहीबार औपचारिक भेटवार्ता हुँदैछ ।

दुई प्रधानमन्त्रीको भेटवार्तापछि ऊर्जा व्यापारसम्बन्धी रणनीतिक सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ । 

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच बिहीबार बिहान हैदराबाद हाउसमा द्विपक्षीय हित र चासोका विविध विषयमा औपचारिक वार्ता हुने कार्यक्रम छ ।

दुई प्रधानमन्त्रीबीच बिहान ११ः५ देखि आधा घन्टा बेग्लै छलफल हुनेछ भने त्यसपछि प्रतिनिधिमण्डलस्तरीय छलफल हुनेछ ।

प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, ऊर्जामन्त्री शक्ति बस्नेत, उद्योगमन्त्री रमेश रिजाल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार हरिबोल गजुरेल सहभागी छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here