प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रममाथि उठेका सवालहरूको जवाफ दिने


१२ जेष्ठ २०८०, शुक्रबार ०७:२४ मा प्रकाशित

काठमाडौं। आज बस्ने प्रतिनिधि सभाको बैठक सरकारको नीति तथा कार्यक्रममाथि उठेका सवालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिनुहुनेछ ।

संघीय संसद भवन वानेश्वरमा प्रतिनिधिसभाको दोस्रो अधिवेशनका १३ औं बैठक बस्न लागेको हो । बैठक ११ बजे बस्नेछ ।

‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले २०८० जेठ ५ गते शुक्रवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नु भएको सम्बोधनमा उल्लेखित आब २०८० ८१ को नेपाल सरकारको बार्षिक नीति तथा कार्यक्रम माथीको छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिनुहुने’ सम्भावित कार्यसूचीमा उल्लेख छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here