नक्कली भुटानी शरणार्थी प्रकरणः अदालतमा आजदेखि अभियुक्तहरूको बयान सुरु हुँदै


१२ जेष्ठ २०८०, शुक्रबार ०७:०२ मा प्रकाशित

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधवार अदालतमा दर्ता भएको मुद्दामा अभियुक्तहरुको बयान आज बाट सुरु हुँदैछ।

जिल्ला अदालत काठमाडौंमा उनीहरुसँग आजदेखि बयान लिइनेछ।

सरकारी वकिल कार्यालयले बुधवार यस प्रकरणमा ३० जना विरुद्ध मुद्दा दायर गरेको थियो। जसमा १४ जना फरार रहेका छन्।

प्रहरीले संगठित अपराध, ठगी, राज्य विरुद्धको अपराध कसुरमा कारबाही गर्ने सुझाव दिएको थियो।

तर, सरकारी वकिल कार्यालयले सरकार कागजत किर्ते र एकीकृत कसुर वापत डेढी सजायको माग समेत राखेर मुद्दामा लगेको थियो। ३० जना विरुद्धै २८ करोड ८१ लाख बिगो माग दाबी सहित पाँचवटा मुद्दा दर्ता भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here