बिर्तामोड नगरपालिकाले कृषिथोक स्थित बुधबारे देबिहाटमा रहेका अव्यवस्थित टहरा भत्कायो


८ जेष्ठ २०८०, सोमबार १७:४४ मा प्रकाशित

भरत प्रसाई । बिर्तामोड नगरपालिकाले कृषिथोक स्थित  बुधबारे देबिहाटमा रहेका अव्यवस्थित घर तथा टहरालाई भत्काएको छ ।

बिर्तामोड नगरपालिकाका निर्वतमान नगरप्रमुख धुव्रकुमार शिवाकोटीको कार्यकाल २०७७ सालमा सम्झौता भई अस्थाई संरचनाहरलाई भत््काउने निर्णय भए अनुरुप लामो समयको सुचना पछि संरचना भत्काइएको बिर्तामोड नगरपालिकाले जनाएको छ ।

२०७७ सालमै सर्वदलिय छलफल पछि सहमति भई कार्यपालिकाको बैठकबाट अनुमोदन गरिएको र उद्योग बाणिज्य महांसघले पनि सहमति जनाएको बिर्तामोड नगरपालिकाको भनाइ छ ।

बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले चुनाव र कोभिडको कारण भवन समयमा स्थानान्तरण गर्न नसकिएको बताउनु भयो ।

गएको असार १२, १४ र २० गते जग्गादाता ब्यवसायी र जनप्रतिनिधिसंग छलफल गरेर सहमति पछि मात्रै यो निर्णय लिइएको उहाँले बताउनु भयो ।

उहाँले पटक पटक ३५ दिने सुचना,१५ दिने, १० दिने सुचना मार्फत जानकारी गराउदा पनि भौतिक संरचना नहटाइएकाले डोजर लगाउनु परेको बताउनु भयो ।
उहाँले बाणिज्य संघका केहि पदाधिकारीहरुले नै अवरोघ सिर्जना गरेको बताउनु भयो ।

उपप्रमुख नगेन्द्र संग्रोलाले बिकासका लागि थोरै दुख भएपनि भोलिको विकासका लागि नगरपालिकालाई सहयोग गरेकोमा युवा तथा नागरिक समुदाय लाई धन्यवाद दिनु भयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here