नक्कली शरणार्थी प्रकरणः पूर्व गृहमन्त्री खाँणको बयान जारी


२ जेष्ठ २०८०, मंगलवार १६:२१ मा प्रकाशित

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौंमा पूर्व गृहमन्त्री बालकृष्ण खाँणसंग बयान लिइहरेको छ ।

सोमबारबाट नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै करोडौं असूली गरेको गिरोहलाई सहयोग गरेको आरोपमा पक्राउ परेका खाँणको बयान सुरु गरेको सरकारी वकिलको कार्यालयले आज पनि बयानलाई निरन्तरता दिएको हो ।

जिल्ला सरकारी वकिल कार्यालयका उपन्यायाधिवक्ता, जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी निरञ्जनदत्त भट्ट लगायतको उपस्थितिमा उनको बयान भइरहेको छ । आजै बयान सक्ने गरी तयारी गरिएको प्रहरीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here