टोपबहादुरलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतको अनुमति


१ जेष्ठ २०८०, सोमबार १७:२६ मा प्रकाशित

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझीलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

सोमबार जिल्ला अदालत काठमाडौंले उक्त प्रकरणमा अनुसन्धानका लािग हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद थप गरेको हो ।

शरणार्थी प्रकरणमा फरार रायमाझीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको थियो ।

त्यस्तै उक्त प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणसँग जिल्ला सरकारी वकिलको कार्यालयले बयान लिएको छ ।

सोमबार बयान नसकिएकाले मंगलबार पनि बयान लिइने सरकारी वकिलको कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here