प्रधानमन्त्री प्रचण्ड र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता


१ जेष्ठ २०८०, सोमबार १२:१३ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार (आज) बिहान भएको भेटवार्तामा संघीय संसद्को काम कारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताइएको छ ।
राष्ट्रियसभाका अध्यक्षको सचिवालयका अनुसार सो अवसरमा संघीय संसद्को चालु बजेट अधिवेशनलाई प्रभावकारी बनाउने तथा सरकारको नीति तथा कार्यक्रम पेश गर्न संसद्को संयुक्त बैठक लगायतका विषयमा छलफल भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here