सुडानमा युद्धबिरामको घोषणा


८ बैशाख २०८०, शुक्रबार १६:०४ मा प्रकाशित

एजेन्सी । सुडानको विपक्षी अर्धसैनिक समूह र्यापिड सपोर्ट फोर्सले एक पक्षीय रुपमा ७२ घण्टे युद्ध बिराम घोषणा गरेको छ ।

एक हप्तादेखि राजधानी खार्तुमा नै चर्किएको सत्ता संघर्षकाबीच इद उल फितर पर्वलाई लक्षित गर्दै आरएसएफले एक पक्षीय युद्ध बिरामको घोषणा गरेको हो ।

स्थानीय समय अनुसार शुक्रबार बिहान ६ बजेदेखि सुरु हुने युद्ध बिराम ७२ घण्टासम्म रहने पनि सोही समूहले जनाएको छ ।

शुक्रबार बिहानै पनि खार्तुममा भीषण बमबारी भएको छ । त्यसका लागि सरकारी सेना र विपक्षीले एक( अर्कालाई आरोप लगाएका छन् ।

सत्ता संघर्ष चर्किदै जाँदा हजारौं सर्वसाधारणले खार्तुम छाडिरहेका छन्। युद्ध बिरामको मौका छोपेर अझै धेरै सर्वसाधारण शहरबाट बाहिरने अनुमान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here