चोरीडकैती कसुरमा संलग्न ४ जना मोरङबाट पक्राउ


८ बैशाख २०८०, शुक्रबार १५:१९ मा प्रकाशित

मोरङ । मोरङको ग्रामथान गाँउपालिका-२ झोराहाट स्थितमा रहेको सौजन्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सेफ फोडी नगद चोरी तथा डाका गर्ने ४ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा  ग्रामथान गाँउपालिका-५ मोरङका ४० बर्षीय दिलिप कुमार चौधरी, २८  बर्षीय ईरज धामी, सर्लाही लालबन्दी-२ का ३५ बर्षीय मिथुन पासवान र सर्लाही ईश्वरपुर-५ का २६ बर्षीय मिथिलेश महत्तो रहेका छन  ।

उनिहरुले गत चैत्र २ गते राती बैङ्कको ढोका फोडी फलामको सेफ बाकसमा राखेको नगद ७ लाख ७७ हजार १८ रुपैया चोरी गरेका थिए ।

बैङ्कबाट रकम चोरी भएको जानकारी प्राप्त भए संगै इलाका प्रहरी कार्यालय बेलबारीबाट अनुसन्धान तथा खोज तलासमा खटिएको प्रहरी टोलीले उनिहरुलाई सर्लाहीको बिभिन्न स्थानमा लुकिछिपि बसेको अवस्थामा पक्राउ गर्न सफल भएको हो ।

पक्राउ परेका उनिहरुलाई सम्मानित मोरङ जिल्ला अदालतमा दाखिला गरिएकोमा अदालतको आदेशले तीन जनालाई पुर्पक्षको लागि कारागार पठाईएको र मिथिलेस महतो २ लाख रुपैया धरौटीमा छुटेको साथै घटना सम्बन्धमा अन्य अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here