आन्दोलनरत मिटरव्याजी पीडितहरुद्वारा काठमाडौंमा मार्चपास


६ बैशाख २०८०, बुधबार २०:२२ मा प्रकाशित

काठमाडौं । बिभिन्न माग राख्दै आन्दोलनरत मिटरव्याजी पीडितहरुले काठमाडौंमा मार्चपास गरेका छन् ।

बुधबार नागरिक अगुवाका साथ मिटरव्याजी पीडितहरुले काठमाडौंको शान्तिबाटीकादेखि नयाँ बानेश्वरसम्म मार्चपास गरेका हुन् । मार्चपासमा सहभागीहरुले सरकार र प्रहरी प्रशासनबिरुद्ध नारावाजी गरेका थिए ।

आफुहरुमाथि दमन गरेको भन्दै उनीहरुले गृहमन्त्रीको राजीनामा माग गरेका छन् । चक्रवृति तथा मिटर व्याजीलाई कारवाही गर्नुपर्ने, जाली तमसुक तथा पीडितको जमिन फिर्ता गर्नुपर्ने लगाएतमा माग राख्दै पीडितहरुले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् ।

यसअघि मार्चपास गर्न खोज्दा केहि दिन अघि प्रहरीले हस्तक्षेप गर्दा केही मिटरव्याजी पीडित घाइते भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here