भारतको दिल्लीमा राष्ट्रपति पौडेलको उपचार सुरु


६ बैशाख २०८०, बुधबार १५:२१ मा प्रकाशित

काठमाडौं । भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा राष्ट्रपति रामचन्द्र पौडेलको उपचार सुरु भएको छ ।

आज बुधवार बिहान श्रीएयरको एयर एम्बुलेन्समार्फत राष्ट्रपति पौडेललाई भारत लगिएपछि एम्समा पुर्याएर उपचार सुरु गरिएको हो ।

नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएको भन्दै परिवारका सदस्यहरू र चिकित्सकहरूले थप उपचारका लागि भारत लैजान सुझाव दिएसँगै पौडेललाई भारत लगिएको हो ।

राष्ट्रपति पौडेलको छातीमा संक्रमण देखिएको थियो । राष्ट्रपति पौडेलसँग निजी चिकित्सक डा. निरज बम, परिवारका सदस्य र ७ जना चिकित्सकको टोली रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here