खुल्यो जग्गाको कित्ताकाट, मन्त्रिपरिषद्का अन्य निर्णय के-के छन् ?


६ बैशाख २०८०, बुधबार ०८:१७ मा प्रकाशित

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीसम्बन्धी कार्यविधि खारेज गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणाली मार्फत नागरिकको विवरण प्रमाणीकरण एवं अन्तर प्रणाली आबद्ध सम्बन्धी कार्यविधि खारेज गर्ने निणर्य गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।

राष्ट्रिय सुरक्षाहितलाई मध्यनजर गरेर कार्यबिधि खारेज गर्ने र आवश्यक छानविन गर्ने निणर्य भएको उहाले बताउनुभयो । बैठकले भूउपयोग सम्बन्धी पहिलो संशोधन नियमावली २०७९ स्वीकृत गरेको छ ।

नियमावली स्वीकृत भएसंगै कित्ताकाटमा देखिएको समस्या समाधान हुने प्रवक्ता शर्माले बताउनुभयो । बैठकले काठमाडौं तराई फास्ट ट्रयाक अन्तर्गत ललितपुर खोकना क्षेत्रको जग्गा प्राप्तिको समस्या समाधानका लागि सहजीकरण समिति गठन गरिएको र समिति विवादलाई सहजीकरण गर्दै छिटो काम अघि बढाउने निणर्य भएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

प्रवक्ता शर्माले मन्त्रीपरिषद् बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणका बिषयमा कुनै निणर्य नभएको बताउनुभयो । उहाँले भारत भ्रमणको मिति पनि तय नभएको जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here