स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका राष्ट्रपति पौडेललाई दिल्ली लैजाने तयारी


६ बैशाख २०८०, बुधबार ०७:५५ मा प्रकाशित

काठमाडौं । स्वास्थ्य समस्या फेरि बल्झिएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई मंगलबार फेरि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।

उहाँलाई थप उपचारका लागि बुधबार भारत लैजाने तयारी भइरहेको छ ।

भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) लैजानेबारे मंगलबार नै परामर्श गरिएको थियो । पेटको संक्रमण कम नभएपछि थप उपचारका लागि भारत लैजान चिकित्सक र परिवारबीच परामर्श भएपनि बुधबार दिल्ली लैजान लागिएको हो ।

राष्ट्रपति पौडेलको उपचारमा संलग्न एक चिकित्सकका अनुसार लामो समय औषधि सेवन गर्दा पनि पेटको संक्रमण कम नभएपछि परिवारले समेत भारत लैजान आग्रह गरेका छन् ।

सोमबारमात्रै उहाँ फलोअपका लागि अस्पताल पुगेर घर फर्किनुभएको थियो । मंगलबार फेरि समस्या देखिएपछि पौडेललाई शिक्षण अस्पतालमा भर्ना गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

एक साताअघि पनि सोही समस्या देखिएपछि पौडेललाई शिक्षण अस्पतालमा उपचार गरिएको थियो । उहाँको डा. निरज बमको नेतृत्वमा स्वास्थ्य उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here