काठमाडौं । नेकपा एकीकृत समाजवादीले संगठन सुदृढीकरण विशेष अभियान दुई महिना थप गर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय तीनकुनेमा मंगलबार बसेको सचिवालय बैठकले संगठन सुदृढिकरण विशेष अभियानको म्याद आगामी जेठ मसान्तसम्म रहने गरी २ महिनालाई थप गरिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
सचिवालयको निर्णय अनुसार पार्टी संगठनले त्यसै अनुसार कार्ययोजना निर्माण गरी अघि बढ्ने उहाँले बताउनु भयो ।
बैठकमा वैशाख ९ र १० गते मनाउने नेपाल कम्युनिस्ट पार्टीको ७४ औं स्थापना दिवसको तयारीका बिषयमा छलफल भएको थियो ।






