प्रधानन्यायाधिश नियुक्तिका लागि सिफारिस गर्न छिटोभन्दा छिटो संवैधानिक परिषद्को बैठक बोलाउने सहमति


४ बैशाख २०८०, सोमबार १५:०२ मा प्रकाशित

प्रमुख दलका शीर्ष नेताहरुबीच प्रधानन्यायाधिश नियुक्तिका लागि सिफारिस गर्न छिटोभन्दा छिटो संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सोमबार बसेको सभामुखसहित कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताको बैठकले संवैधानिक परिषद्को बैठक बोलाएर प्रधानन्यायाधीश सिफारिस गर्ने सहमति भएको हो ।

बैठकपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संवैधानिक परिषद्को बैठक बोलाउने र प्रधानन्यायाधीशको विषयमा निर्णय गरेर अगाडि बढ्ने सहमति भएको जानकारी दिनुभयो ।

लामो समयदेखि सर्वोच्च अदालत कामुको भरमा रहेको अवस्थामा प्रधानमन्त्रीले प्रधानन्यायधिशको स्थायी नियुक्तिको प्रक्रिया अघि बढाउनका लािग पहल गर्नुभएको लेखकले बताउनुभयो । उहाँले संसदको बिषयगत समितिलाई पूर्णता दिने र संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई अगाडि बढाउने विषयमा पनि छलफल भएको जानकारी दिनुभयो ।

त्यस्तै एमाले प्रमुख सचेतक महेश बर्तौलाले बैठक प्रधानन्यायधिश सिफारिस गर्ने बिषयमा केन्द्रीत भएको र यस बिषयमा प्रक्रिया अघि बढाउने सहमति भएको जानकारी दिनुभयो । त्यस्तै संसदीय समिति गठनमा पनि सहमतिमा नै अघि बढ्नुपर्नेमा एमालेको जोड रहेको उहाँको भनाइ छ ।

उहाँले संक्रमणकालीन न्यायसंग सम्बन्धीत बिषय सवैको सरोकारको बिषय भएकाले पीडितलाई न्याय हुने गरि टुङ्ग्याउनुपर्ने बताउनुभयो । बैठकमा प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेर बहादुर देउवा लगाएतका नेताहरु उपस्थित हुनुहुन्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here