गुणस्तरहीन वस्तु उत्पादन गर्ने ६७ उद्योग कारवाहीमा


२० असार २०७६, शुक्रबार ११:४८ मा प्रकाशित

काठमाडौं । चालू आर्थिक वर्षको जेठसम्म ६७ उद्योग कारवाहीमा परेका छन् । गुणस्तरविपरीत सामान उत्पादन गर्ने ६७ उद्योगलाई नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तरहीन कारवाही गरेको हो ।

विभागले घोराही सिमेन्ट प्रालि दाङ, नारायणी माइक्रो पाइप उद्योग बारा, नव नेपाल प्लाष्टिक, नारायणी सिमेन्ट उद्योग बारा, होङ्सी शिवम् सिमेन्ट प्रालि, प्रिमियर वायर प्रालि विराटनगर, विश्वकर्मा सिमेन्ट प्रालि पर्सा, एशियन थाई फुड प्रालिलाई कारवाही गरेको हो ।

त्यस्तै मेगा सिमेन्ट झापा, लक्ष्मी स्टिल प्रालि नवलपरासी, काठमाडौँ स्टिल प्रालि नवलपरासी, सुगा म्यानुफ्याक्चर, गोल्डेन ब्याट्री, गोरखकाली सिमेन्ट झापा, अन्नपूर्ण सिमेन्ट मोरङ, मारुती सिमेन्ट, ओम सिमेन्ट, जस्मिन पेन्टस् चितवन, नेपाल शालिमार सिमेन्ट, पशुपति पेन्टस्, अम्बे सिमेन्ट कारवाहीमा परेका छन् । यस्तै, शिखर केवल, प्रिमियर केवल, एभरेष्ट रोलिङ मिल्स, शिवशक्ति घ्यू उद्योग, जगदम्बा स्टिल, कमला रोलिङ मिल्स, लक्ष्मी स्टिल, नेपाल अम्बुजा सिमेन्ट, एशियन थाइफुड, युनिट वायर एण्ड केवल, मित्तल सिमेन्टलगायतलाई पनि कारवाही गरेको छ ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले मापदण्ड पूरा नगरी सामान उत्पादन गर्ने तथा गुणस्तरअनुरुप सामान उत्पादन नगर्ने उद्योगलाई कारवाही गरिएको बताए । कारवाही गरिएका उद्योगलाई गुणस्तरयुक्त सामान उत्पादन गर्न पत्राचार गरिसकेको उल्लेख गर्दै महानिर्देशक पुडासैनीले गुणस्तरयुक्त सामान उत्पादन नगरे लाइसेन्स नै खारेज गर्ने बताउनुभयो । विभागले हालसम्म देशभरका ६० वस्तुमा २५० उद्योगबाट उत्पादित झण्डै ४०० प्रकारका सामग्रीलाई लाइसेन्स प्रदान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here