प्रतिनिधि सभाको बैठक बस्दै, कार्यसूचीमा के छ ?


२७ चैत्र २०७९, सोमबार ०७:२५ मा प्रकाशित

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक १ बजे बस्नेछ ।

संघीय संसदको सचिवालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रिय सभावाट सन्देश सहित प्राप्त सेवा प्रसारण विद्येयक २०७८ माथी विचार गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here