राष्ट्रिय युवा संघको महाधिवेशन आजदेखि, ओलीले उद्घाटन गर्ने


२७ चैत्र २०७९, सोमबार ०७:२२ मा प्रकाशित

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनको आज उद्घाटन हुँदैछ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गर्ने सो महाधिवेसन २७–२९ गतेसम्म जारी रहनेछ । 

नेपालगञ्जमा हुने महाधिवेशनको उदघाटन कार्यक्रममा १० हजार भन्दा बढीको जनसहभागिता रहने संघका केन्द्रीय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश इन्चार्ज सुमन पुरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार महाधिवेशनमा २ हजार बढी प्रतिनिधिले सहभागिता जनाउने छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here