काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले देशकै मुख्य प्रशासनिक केन्द्र मानिने सिंहदरबार परिसरको फोहर नउठाउने बताउनुभएको छ ।
आज बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर शाहले आजदेखि सिंहदरबारको फोहर नउठाउने बताउनुभएको हो ।
मेयर शाहले लेख्नुभएको छ आजदेखि सिंहदरबारको फोहर उठ्दैन ।
साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ ।






