वेस्ट इन्डिजले अफगानिस्तानलाई दियो ३१२ रनको लक्ष्य


१९ असार २०७६, बिहीबार २०:२६ मा प्रकाशित

काठमाडौं । आइसिसी क्रिकेट विश्वकपमा वेस्ट इन्डिजले अफगानिस्तानलाई ३१२ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ६ विकेटको क्षतिमा ३११ रन जोड्यो । उसका लागि शाइ होपले ७७ रन जोडे। इभिन लेभिसले ५८ रन जोड्दा निकोलास पुरनले पनि ५८ रन नै जोडे ।

कप्तान जासन होल्डरले ३४ बलमा ४५ रन र शिमरन हेटमेयरले ३१ बलमा ३९ रन बटुले। कार्लोस बाथवेटेले ४ बलमा २ चौका र १ छक्कासहित नटआउट १४ रनको योगदान दिए । बलिङमा अफगानिस्तानका दाउलात जार्डानले २ विकेट लिए ।

दुवै टिम यसअघि नै बाहिरिसकेकाले खेल प्रतिष्ठाको लडाइँमा सीमित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here